राजनीतिक सहमतिले नेप्से तात्यो, कारोबार रकममा ६५ प्रतिशले उकालो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजनीतिक सहमतिले नेप्से तात्यो, कारोबार रकममा ६५ प्रतिशले उकालो



काठमाडौं। सोमबार नेप्से परिसूचक १४ दशमलब ३२ अंकले वृद्धि भई ९ सय ४५ दशमलब ४९ अंकमा कारोबार बन्द भएको छ । त्यसैगरि ‘क’ वर्गको सेन्सेटिभ इण्डेस्क पनि २ दशमलब ९१ अंकले बढेर २ सय २ दशमलब ०३ अंकमा कारोबार भएको छ ।

आज १२६ कम्पनीको २ हजार २ सय ५९ कारोबारबाट १ लाख १६ हजार ३ सय ९९ कित्ता शेयर खरिद बिक्क्रै भएको छ जसबाट कुल ३६ करोड ११ लाख १५ हजार ६ सय २१ रुपैयाको कारोबार भएको छ । आइतबारको तुलनामा आज करिब ६४  प्रतिसत कारोबार रकमको वृद्धि भएको छ ।

उपपरिसूचकहरुमा आज बैंकिंग समूह १ दशमलब ९४ प्रतिसत,बिकाश बैंक समूह २ दशमलब १ प्रतिसत, जलबिदुत समूह २ दशमलब ३ प्रतिसत, फाइनान्स समूह ० दशमलब २७ प्रतिसत ,इन्स्योरेन्स समूह ० दशमलब १८ प्रतिसत, उत्पादन र प्रसोधन समूह ३ दशमलब ८९, अन्य समूह ० दशमलब ८५ प्रतिसतले बढेको छ भने होटेल समूह ० दशमलब ४३ प्रतिसतले घटेको छ ।

कारोबार रकमको आधारमा सर्वाधिक सानिमा बैंक लिमिटेडको २ करोड ७३ लाख ४२ हजार ९ सय १६ रुपैयाँ बराबरको कारोबार भएको छ । मितेरी विकास बैंक लिमिटेडको सर्वाधिक ९ दशमलब ८० प्रतिसतले बजार बढेको छ भने नेको इन्स्योरेन्सको सर्वाधिक १० प्रतिशतले मूल्य घटेको छ ।

आज चार राजनीतिक शक्ति विवादको मूल विषय संघीयतामा सहमतभई आठ प्रदेश बनाउन सहमतको खबरले बजार बढेको बताईएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७२, सोमबार १६:२१