२१ मन्त्री जिम्मेवारीमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

२१ मन्त्री जिम्मेवारीमुक्त



काठमाडाैं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।

काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले सो आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत नौ जनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी बनाएर सो रिट दायर गरेका थिए ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते पुनः मन्त्रिपरिषद विस्तारबाट मन्त्री भएका २१ मन्त्री पदमुक्त भएका छन् ।

जसपासमेत सरकारमा सहभागी भएपछि ३ उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले जेठ २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।

त्यस्तै गत जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित ७ मन्त्रीले सपथ लिएका थिए ।

प्रकाशित : ८ असार २०७८, मंगलवार १६:३०