काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२१/२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
नेपालको आर्थिक वृद्धिको पछिल्लो अनुमान सन् २०२०/२१ मा प्रक्षेपण गरिएभन्दा २.१ प्रतिशत र २०२१/२२ मा १.४ प्रतिशतले बढी रहेको समेत उल्लेख छ । आव २०२०/२१ मा नेपालको वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने विश्व बैंकको अनुमान छ ।
सन् २०२१/२२ मा भारतको आर्थिक वृद्धिदर ८.३ र २०२२/२३ मा ७.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियामा बंगलादेश र भुटानको अर्थतन्त्र भारतपछि सुधारोन्मुख देखिएको छ ।
विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यो अनुमान यसअघि प्रक्षेपण गरिएभन्दा ३.६ प्रतिशतले बढी रहेको उल्लेख छ ।
सन् २०२१ मा विश्वको आर्थिक विकास ५.६ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ । विश्व अर्थतन्त्र आर्थिक संकटबाट पछिल्लो ८० वर्षयता तीव्र पुनउत्र्थानतर्फ अघि बढिरहेको पनि उल्लेख छ ।
Comment