पेट्रोलियम पदार्थको मूल्य बढ्यो , घाटाका नाममा उपभोक्ताको ढाड सेक्दै निगम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य बढ्यो , घाटाका नाममा उपभोक्ताको ढाड सेक्दै निगम



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो ।

प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हालको मूल्यमा ती सबैमा २ रुपैयाँ वृद्धि गरिएको हाे । अब पेट्रोल १ सय २५, डिजल १ सय ८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।

पहिले पेट्रोल १ सय २३, डिजल १ सय ६ र मट्टितेल र ७८ रूपैयाँ थियो। निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।

निषेधाज्ञाको समयको १५ दिनको हिसाब गर्दा पनि ७१ करोड घाटा हुने देखिएको बताएको छ। अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ।

यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

अन्तराष्टिय बजारमा निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवं अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यन हुनेक्रम जारी रहे आगामी दिनमा पनि भाउ बढाउनुपर्ने बाध्यता रहेको निगमको भनाई छ ।

प्रकाशित : 5 June, 2021 9:27 pm