चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट



काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताए।

चलचित्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लरले पनि इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त उद्योगहरू स्वत: नवीकरण हुनेछन्।

कोभिड-१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न भन्दै चलचित्र र होटल उद्योगलाई विद्युत खपतमा समेत डिमान्ड शुल्क छुट दिन लागेको अर्थमन्त्री पौडेलले बताए।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १७:४५