काठमाडौँ। सरकारले विद्युतीय सवारीको संरक्षण र प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस अन्तर्गत बि.स. २०८८ साल सम्ममा पेट्रोलबाट चल्ने हलुका सवारी साधनलाई विद्युतीय सवारीबाट विस्थापित गर्ने कार्यक्रम आर्थिक वर्ष ०७८/०७९ को बजेट मार्फत् सरकारले सार्वजनिक गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ बजेट सार्वजनिक गर्दै सो कार्यक्रमको घोषणा गरेका हुन्। यस अन्तर्गत सो कुराको अध्ययन गर्न एक विशेष समिति बनाउने र त्यसले सिफारिस गरे अनुसार कार्यक्रम सञ्चालन गरिने भएको छ। सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।
Comment