निषेधाज्ञा अवधिभर खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास खरिद गर्दा २० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निषेधाज्ञा अवधिभर खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास खरिद गर्दा २० प्रतिशत छुट



काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषण गरेका हुन् । निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने उनले जानकारी दिए ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १७:२८