काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी विभिन्न तीनवटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयमा सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार शनिबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेशहरू जारी गरेको हो ।
राष्ट्रपतिबाट आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी भएको हो । शनिबार बिहान बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पारित गरेको छ। बैठकले वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो ।
Comment