चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने



काठमाडाैं । चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार यस्तो घोषणा गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनजिङले यस्तो घोषणा गरेको काठमाण्डौस्थित चिनियाँ राजदूत होउ यान्छीले बताएकी छिन् । यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिइसकेको छ।

प्रकाशित : १२ जेष्ठ २०७८, बुधबार १८:०१