काठमाडाैं । काठमाडौंको कीर्तिपूर र चन्द्रागिरी बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार काठमाडौंको कीर्तिपुरको दुई ठाउँ र चन्द्रागिरीमा व्यवसायीक प्रयोजनका लागि किसानले पालेको टर्की फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।
केही महिना अघि काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खुमा पालिएको लोकल कुखुरा र टर्कीमा बर्डफ्लु फेला परेको थियो ।
विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार अस्वभाविक रुपमा टर्की मर्न थालेको सूचना विभागमा आएपछि विभागले संकलन गरेको नमुना केन्द्रीय प्रयोगशालामा पिसिआर विधिबाट परिक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।
Comment