हप्ता दिनलाई पुग्ने खाद्यान्न किनेर राख्नुः सिडिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

हप्ता दिनलाई पुग्ने खाद्यान्न किनेर राख्नुः सिडिओ



काठमाडौँ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा हप्ता दिन पुग्ने खाद्यान्न किनेर राख्न अनुरोध भनेका छन् ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेका हुँन । भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै उपत्यका भित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले यस्तो निर्णय गरेका हुन् । जेठ १४ गतेसम्म निषेधाज्ञा कायमै छ ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल भने बन्द हुने भएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलवार १८:५३