वृद्धभत्ता पाँच हजार पुग्ला ? यसो भन्छन प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वृद्धभत्ता पाँच हजार पुग्ला ? यसो भन्छन प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशमार्फत आउने बताएका छन् । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारीआबद्ध पत्रकारहरूसँगको अन्तरक्रियात्मक भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले बजेट अध्यादेशमार्फत आउने बताएका हुन् । ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट आउने बताए । उनले जिम्मेवार ढंगले बजेट ल्याउने उनले बताए ।

बजेट सस्तो लोकप्रियता अथवा चुनावभन्दा पछि वा चुनाव सकिएपछि यो सरकार बन्न भन्दाअघि जसरी दुरगामी असर पार्ने खालको गैर जिम्मेवार ढंगले बजेट नल्याउने भने पनि बृद्धभत्ता भने बढ्ने बताए । प्रधानमन्त्री ओलीले यसअघि नै वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरिसकेका छन् । यो पटक वृद्धभत्ता एकैचोटी दुई हजार रुपैयाँले बढाएर पाँच हजार पुर्‍याउने प्रधानमन्त्रीको तयारी रहेको अर्थमन्त्रालयले जनाएको छ ।

प्रकाशित : ९ जेष्ठ २०७८, आईतवार १८:४६