काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् ।
उनले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरेकी हुन् ।
हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।
जनता समाजवादी पार्टीले जन्मसिद्ध नागरिकलाई वंशजको नागरिकता दिनुपर्ने मागमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएर अध्यादेश जारी भएको हो।
सरकारले २०७५ साउन २८ गते प्रतिनिधिसभामा पेस गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक अहिलेसम्म अघि बढेको छैन। राज्य व्यवस्था समितिमा दफावार छलफल सकेर २०७७ असार ८ मा यो विधेयक प्रतिनिधि सभामा गइसकेको छ।
Comment