राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय विरुद्ध विपक्षी दलहरु अदालत जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय विरुद्ध विपक्षी दलहरु अदालत जाने



काठमाडाै । राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय विरुद्ध विपक्षी दलहरु अदालत जाने भएका छन् । दलहरुले शुक्रबार मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने निर्णय गरेका हुँन ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा विघटन गरि अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न सिफारीस गरेको थियो ।

प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको उनीहरुको निष्कर्ष निकालेका छन ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको शनिबार बैठक बसेको थियो ।

मध्यरातमा राष्ट्रपतिमा र प्रधानमन्त्रीले मिलेर देशलाई संवैधानिक संकटमा धकेलेको निष्कर्ष निकाल्दै यसका विषयमा सबै दलहरु मिलेर संघर्ष गर्ने निष्कर्ष निकालेका छन् ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार १५:४०