काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल सरकारलाई २ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
परिसंघले आफ्नो सदस्य संस्था होङ्शी–शिभम् सिमेन्ट मार्फत ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
२ करोड बरावरको सो सामग्री बुझ्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री त्रिपाठीले महामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामग्रीहरूले अक्सिजन सिलिन्डरको विकल्पका रूपमा राहत हुने विचार व्यक्त गरेका थिए ।
उक्त अवसरमा परिसंघका अध्यक्ष मोरले राष्ट्रको सङ्कटका बखतमा नेपालको निजी क्षेत्र सरकारसङै रहेको बताए ।
राष्ट्रको सङ्कटका बेला अत्यावश्यक सामग्री उपलब्ध गराई सहयोग पुर्याएको परिसंघले होङ्शी–शिभम् सिमेन्टलाई हार्दिक धन्यवाद दिएको छ ।
Comment