हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो



काठमाडाै । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यो अवधीमा खुद नाफा १९ प्रतिशतले घटेको जनाएको छ ।

कम्पनीले चैत मसान्तसम्ममा ९ करोड १० लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा गत आवको यसै अवधिको तुलनामा १९.१३ प्रतितशले कम हो ।

गत आवको चैत मसान्तमा कम्पनीले ११ करोड २५ लाख ७४ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११.३६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८८.४८ रुपैयाँ छ ।

चैत मसान्तसम्म इस्योरेन्सको जगेडा कोषमा २८ करोड ६६ लाख ३० हजार रुपैयाँ, बीमा कोषमा ६० करोड ७४ लाख ५२ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ११ लाख ५७ हजार रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ५५ करोड ८३ लाख ९७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ५४ करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा १६.८३ प्रतिशतले धेरै हो ।

इन्स्योरेन्सको ६४ हजार ९७९ बीमालेख जारी गरी ९१ करोड ८५ लाख १५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले ५ हजार ६८४ बीमा दाबीवापत १ अर्ब ५४ करोड ८८ लाख ८३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ६०२ बीमा दाबी वापत ५४ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएको छ ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार १०:२६