प्रभु बैंकको खुद नाफा २ अर्ब १० करोड ९६ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको खुद नाफा २ अर्ब १० करोड ९६ लाख



काठमाडाै । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब ४६ करोड ४१ लाख खुद नाफा कमाएको बैंकले ४४.०८ प्रतिशतले नाफा बढाएको हो ।

बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा दोब्बर भएको छ । गत आवको यसै अवधिमा ७७ करोड ४९ लाख रहेकोमा १०५ प्रतिशत बढेर १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकको १० प्रतिशतले पूँजी बढेपनि प्रतिशेयर आम्दानी ४.९० रुपैयाँ बढेर २४.७९ रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ६३ अर्ब ७८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसबाट बैंकले ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ३ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६०, सञ्चालन नाफा ४६.८५, निक्षेप २७.२२ र कर्जा लगानी ३५.१२ प्रतिशत बढेको छ । बैंकको जगेडा कोष ४ अर्ब २७ करोड ३५ लाख र शेयरधनी कोषमा १ अर्ब ७२ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात ११.५३, खराब कर्जा अनुपात १.४८, कोषको लागत ४.९६, कर्जा निक्षेप अनुपात ७४.४२, आधारदर ७.०६, स्प्रेडदर ३.५० प्रतिशत, प्रतिशेयर नेटवर्थ १५२.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.७६ गुणा छ ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार ११:४६