स्वास्थ्य मन्त्रालय भन्छ- ‘अस्पतालमा बिरामी राख्ने ठाँउ छैन ’, आफै सचेत बनाैँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

विविध

स्वास्थ्य मन्त्रालय भन्छ- ‘अस्पतालमा बिरामी राख्ने ठाँउ छैन ’, आफै सचेत बनाैँ



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै नागरिकलाई र जिम्मेवार र अझ संवेदनशील बन्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना निकालेर संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म नहुने जनाएको छ ।

‘कोभिड-१९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितहरुलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको हृदयविदारक घटना हानै आँखा अगाडि देखिरहेका छौं’,मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ, ‘यो महामारीले हालै देशका विभिन्न स्थानहरुका समेत उस्तै किसिमका दःखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिकाहरूका निर्वाह गरेका छैनौं ।’

प्रकाशित : १२ बैशाख २०७८, आईतवार १४:४०