मूल्यवृद्धिमा भारतीय अर्थतन्त्रको प्रभाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

मूल्यवृद्धिमा भारतीय अर्थतन्त्रको प्रभाव



images1काठमाडौं । नाकाबन्दीपछि केही घट्न थालेको उपभोक्ता मुद्रास्फीति फेरि बढेको छ। बैशाख महिनामा भारतमा मूल्यबृद्धि बढेपछि त्यसको असर नेपालमा पनि देखिएको हो। वस्तु तथा सेवाको मूल्य बढ्दा हुने मुद्राको अवमूल्यन नै मुद्रास्फीति हो। वैशाखमा भारतको वार्षिक बिन्दुुगत उपभोक्ता मुद्रास्फीति बढेर ५.८ प्रतिशत पुगेको छ। नेपालमा पनि चैतमा ९.७ प्रतिशत रहेको मुद्रास्फीति बैशाखमा बढेर १० प्रतिशत पुगेको छ। चैत महिनमा भारतमा मूल्यबृद्धि ५.४ प्रतिशत थियो।

नाकाबन्दीको असर कम हुँदै गएकाले चैतको तुलनामा बैशाखमा मुद्रास्फीति घट्ने अपेक्षा गरिएपनि झन् बढेको छ। पुसमा उच्च अंकले बृद्धि भएको मुद्रास्फीति त्यसयता घट्दै गएको छ। अर्थशास्त्रीहरु नेपालको मूल्यबृद्धिमा आयाताको प्रभाव देखिने भएकाले भारतीय मूल्यवृद्धिको प्रभाव स्वाभाविक भएको बताउँछन्।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा। रामप्रसाद ज्ञवालीका अनुसार नेपालको मुद्रास्फीतिमा ५० प्रतिशत भारतीय मुद्रास्फीतिको असर पर्ने गरेको छ।

भारतमा मूल्यवृद्धि हुँदा वा घट्दाको सीधा असर नेपालमा पनि देखिने उनको भनाई छ।

-कारोबार दैनिकबाट

प्रकाशित : 16 June, 2016 2:18 am