लकडाउनको चरण शुरु, नागरिक आँफै सचेत नभए कठिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

विविध

लकडाउनको चरण शुरु, नागरिक आँफै सचेत नभए कठिन



काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको बताउँदै उनले धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय भएको बताए ।

उनका अनुसार स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ ।

यो संगै लकडाउनको चरणको सुरुवात भएको जानकारहरु बताउछन् । नागरिकस्तरबाट नै सचेत नहुने भए महामारीले भयाभह रुप लिने स्वस्थ्यकर्मीहरु बताउछन् ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार २१:५०