दुई अर्ब ठग्ने सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

सहकारी

दुई अर्ब ठग्ने सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सदस्यको रकम हिनामिना गरेर फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरेको हो। परिसरको टोलीले फरार रहेका श्रेष्ठलाई चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको परिसरका एसएसपी किरण बज्रचार्यले जानकारी दिइन्।

‘दुई अर्ब बराबरको ठगीको उजुरीमा खोजी भइरहेको थियो। पक्राउ गरेर काठमाडौं ल्याएका छौं,’ एसएसपी बज्राचार्यले भनिन्।

ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।पहिलोपोष्टबाट साभार

प्रकाशित : २२ चैत्र २०७७, आइतबार १८:३८ 4 April, 2021 6:38 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।