भनिन्छ शब्दमा व्यक्त गर्न नसकिएका कुराहरू तस्बिरले बोल्छ । एउटा तस्बिरले हजार शब्दको व्याख्या गर्छ रे । त्यसैले तस्बिर लाही व्याख्या गरिरहनु पर्दैन ।किनकि तस्बिर आफै बोल्छ ।
माथिको एउटा तस्बिरले धेरै कुरा बोलेको छ भन्न हिचकिचाउनु पर्छ जस्तो लाग्दैन । किनकि माथि देखिएको अनुहारहरू सहकारी क्षेत्र कालागि नयाँ पक्कै हैनन् ।
नयाँ हुन् त केवल एउटा अनुहार, सङ्घीय सहकारी विभागका नव रजिस्ट्रार । तस्बिरमा सबैभन्दा अगाडी खादा लगाएर बसेका दुई जना सहकारी विभागका रजिस्ट्रार लाई सहकारी बैङ्कले आउँदै गरेको र जाँदै गरेको भनेर भर्खरै स्वागत तथा बिदाइ गर्यो ।
त्यो पनि सहकारी विभागको कार्यालयमा नभएर सहकारी बैङ्कको कार्यालयमा बोलाएर । तस्बिरले त्यसै भन्छ । एउटा नियमक निकाय आफूले नियमन गर्ने संस्थामै गएर सम्मान तथा पुरस्कार लिन मिल्छ ? त्यो खुट्याउने जिम्मा तपाई पाठकहरूको हो है ।
नयाँ बानेश्वरको रातो घर (सहकारी विभाग) मा कुनै रजिस्ट्रार को आगमन भयो कि सहकारी आन्दोलनका अगुवाहरूलाई सधैँ एउटा हतारो हुन्छ । खादा र माला लगाएर सहकारीको पाठ पढाउने । तर यो पटक त्यो शैली फेरिएको तस्बिरले बोल्यो ।
नियम निकायका हाकिम आफैले अनुगमन गर्ने संस्थामा पुगेर खादा र माला ग्रहण गरेर सहकारी सिक्ने नयाँ शैली आएछ । कुरा चैत १ गते सार्वजनिक गरेको तस्बिर को हो ।
नियम निकायको स्वागत र बिदाइमा देखिएको तस्बिरले एउटा प्रश्न उठाएको छ । सहकारी यसकोलागि हो सदस्य वा अरू कसैको ?
सहकारी क्षेत्र भर्खर थिति बस्ने चरणमा छ । सहकारीलाई कसरी सही बाटोमा लाने र कानुनको कार्यान्वयन गराउने भन्ने विषय अहिले प्रमुख छ । नेपालको सहकारी अभियान सुन्दा जति मधुर सुनिन्छ । त्यति सहज छैन ।
सहकारीबाट ठगिएको, निक्षेप फिर्ता नदिएको, व्याज बढी लिएको गुनासो एकातिर सदस्यको छदै छ । सञ्चालकहरू कार्यक्षेत्र थप्ने, सेवा केन्द्र खोल्ने, कार्यक्षेत्र परिवर्तन गर्ने, आफू अनुकूल विनियम संशोधन गर्ने ध्याउन्नमा छन् ।
नियामक निकायकै आडमा रहेर जथाभाबी संस्था दर्ता र अनुमति दिने काम भयो भन्नेहरु पनि कम छैनन् । उनीहरू सहकारीका साधारण सभा आउँदै गर्दा खाम बन्दीको परम्परा नै बसाले पनि भन्छन् ।
सहकारी प्रवर्द्धन र सहयोगका नाममा उबेलाको सहकारी विभाग र डिभिजन कार्यालयका कर्मचारीले नै गलत बाटो देखाएको आरोप नियमकले खेपिरहेको छदैँछ ।
प्रश्न अर्को पनि छ, नियम निकायले सदस्यको कुरा सुन्ने, उनीहरूको पहिचान गर्ने की, ठुला संस्थाका कार्यालय र सहकारीका सम्भ्रान्तमा खादा र मालाको अपेक्षा गर्ने ?
Comment