देउवा सहभागि नभए पछि संवैधानिक परिषदको बैठक स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

देउवा सहभागि नभए पछि संवैधानिक परिषदको बैठक स्थगित



काठमाडाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नभएपछि आज डाकिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ९ बजेका लागि बोलाएको परिषद्को बैठकमा सभापति देउवा सहभागी नभएपछि बैठक स्थगित भएको हो ।

सोमबार सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै देउवाले त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने बताएपछि बैठक स्थगित भएको हो ।

अर्को बैठकको मिति टुंगो लागेको छैन । बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने तयारी थियो । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ ।

प्रकाशित : २८ मंसिर २०७७, आईतवार १३:३८