काठमाडौँ । कानुन मन्त्रालयकी वरिष्ठ सहसचिव लीलादेवी गड्तौला सचिवमा बढुवा भएकी छिन् ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
कानुन मन्त्रालयकी सहसचिव गड्तौलालाई कार्तिक २५ गते मङ्गलवार बसेको न्याय सेवा आयोगको बैठकले सचिवमा बढुवासँगै नेपाल कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।
Comment