कविता – भेट हुँदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

कविता – भेट हुँदा



धेरै पछि भेट हुँदा
तिमि फेरिए छौ
रुप रङ्ग बदलेछौ
चाल ढाल अर्कै देखे
कतै मेरो सोच अनि
नजरको दोष हो कि
चढ्दो तिम्रो जवानि को
लालि जोस हो कि ।

धेरै पछि भेट हुदा
लजालु त्यो नजरले
छड्के हान्दा के नै जान्थ्यो
बिचरो त्यो अन्जानले
तिमिलाई दिलको रानी ठान्थ्यो
दरवारमा खालि थियो
तिम्रो निम्ति खोपि
किन तिमि बदलियौ
अनायसै माया जोखि !

बैकुण्ठ दाहाल

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार १३:५१