सिटिजन्स बैंकको लाभांश परिमार्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिटिजन्स बैंकको लाभांश परिमार्जन



सिटिजन्स बैंकको लाभांश परिमार्जन गरेको छ । बैंकले यस अघि घोषणा गरेको लाभांशमा कुल लाभांश परिवर्तन नगरी बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ नाफा चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यस अघि बैंकले सो चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम बोनस र नगद लाभांशको दर परिमार्जन गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।

प्रकाशित : २० कार्तिक २०७७, बिहीबार ११:२८