१५ दिन बिदा दिने निर्णय ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

१५ दिन बिदा दिने निर्णय !



कोरोना भाइरसबारे समुदायमा जनचेतना जगाउन विद्यार्थी र शिक्षक कर्मचारीलाई पाँचखाल नगरपालिकाले १५ दिन बिदा दिने निर्णय गरेको छ ।

यसअघि यही असोज ४ गतेबाट स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गरी नगरभित्रका विद्यालय सञ्चालन भएका थिए । कात्तिक १ देखि १५ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई बिदा दिइएको हो ।

बिदामा आफ्नो घर र समुदायमा कोरोनाबारे जनचेतनामूलक काम गर्नुपर्ने नगर शिक्षा शाखाका प्रमुख दिनानाथ पन्थीले जानकारी दिनुभयो । दसैंको बेलामा समुदायमा धेरै व्यक्तिहरुको आउ-जाउ हुने भएकोले केही हदसम्म भएपनि सुरक्षाबारे जनचेतना फैलाउन सकिन्छ कि भनेर उक्त कार्यक्रम सुरु गरिएको नगरप्रमुख महेश खरेलको भनाइ छ ।

१५ दिनको अवधिमा शिक्षक र विद्यार्थीले आफ्नो घरको सरसफाइ, व्यक्तिगत सरसफाइ, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम, धेरै भेटघाट नगर्ने वातावरण बनाउन सहजीकरण गर्नेछन् ।

विद्यार्थीहरुले कोरोनाबाट बच्नका लागि निर्वाह गर्नुपर्ने भूमिकाकोबारेमा सचेत गराउने र शिक्षकहरुले विद्यार्थीहरुको निगरानी राख्नेलगायतका काम गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार १९:१६