काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने !



काठमाडौं । भोलिदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंका अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ ।

प्रशासनका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ ।
संक्रमणको थप जोखिम बढ्न नदिनका लागि भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्रशासनले नियमित सेवा बन्द गरेको हो।

बुधबारदेखि शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनका काम मात्रै हुने छन्। अन्य सेवा बन्द हुने बताएको छ ।

नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नावालिग परिचय पत्र लगायत अन्य अत्यावश्यक नभएका सेवाहरु बन्द गरिएको छ ।

अत्यावश्यक सेवाका लागि आउँदा पनि स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले भनेको छ। रुघाखोकी लागेका विरामीलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलवार २१:४४