मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रार एसबिआई मर्चेण्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रार एसबिआई मर्चेण्ट



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाट हुने भएको छ ।

नागबेली लघुवित्तलाई प्राप्ती गरी भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरिसकेको मिर्मिरेले असोज १८ गतेदेखि शेयर रजिष्ट्रारको काम नेपाल एसबिआईबाटनै हुने जानकारी दिएको हो ।

नागबेलीलाई प्राप्ती गरेपश्चातको शेयर पनि मिर्मिरेको नाममा असोज १५ गते सूचीकृत भैसकेको छ । मिर्मिरेले नागबेलीलाई प्राप्ती गरेपश्चात कायम भएको २० लाख ७ हजार १२३ दशमलव ६१५ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

साविकका नागबेली लघुवित्तका शेयरधनीहरुले अब मिर्मिरेको नाममा रहेको शेयर व्यवस्थापनको सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैकिङ् लिमिटेडबाट गर्न सक्नेछन् ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार १४:०९