असोज २६ गतेसम्म बन्द गर्ने निर्णय, यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

असोज २६ गतेसम्म बन्द गर्ने निर्णय, यस्तो छ कारण



कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि असोज २६ गतेसम्मका लागि कार्यालय सिल गरिएको छ । टीकापुर नगरपालिकामा कार्यरत ति कर्मचारीलाई संक्रमण पुष्टि भए पछि यस्तो निर्णय आएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले आज एक सूचना जारी गर्दै कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबै कर्मचारीहरू क्वारेन्टाइन बस्नुपर्ने भएकाले सिल गरिएको बताएका छन्।

सूचनामा उल्लेख भएअनुसार असोज २६ गतेसम्म नगरपालिकाका सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।

स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार एक जना पुरुष कर्मचारीमा कोरोना देखिएको हो। उनको असोज १९ गते स्वाब सङ्कलन गरिएको थियो।

प्रकाशित : २१ आश्विन २०७७, बुधबार २१:१९