सूर्य नेपालद्वारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

सूर्य नेपालद्वारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण



काठमाडौ । सूर्य नेपाल प्रा.लि.सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

मंगलबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो ।


कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सबिता रसाईली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, बाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको सहभागिता रहेको थियो ।


कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सबिता रसाईली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए ।


सूर्य नेपाल कम्पनीले विगत लामो सयदेखि विभिन्न सामाजिक क्षेत्रहरु जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग पु¥याउँदै आइरहेको छ ।]

प्रकाशित : १४ आश्विन २०७७, बुधबार १५:४९