असोज १९ गतेसम्मका लागि सबै कार्यलय बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

असोज १९ गतेसम्मका लागि सबै कार्यलय बन्द



कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि सुर्खेतको लेकवेशी नगरपालिकाको सेवा बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत पाँचजना कर्मचारी र एकजना जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि नगरपालिका एक साताका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले जानकारी दिए ।

उनका अनुसार नगरपालिका र वडा कार्यालयहरुका सबै सेवा बन्द गरिएको छ । अत्यावश्यक बाहेक अन्य सबै सेवा असोज १३ गतेदेखि १९ गतेसम्मका लागि बन्द गरिएको हो ।

नगरपालिका क्षेत्रमा सञ्चालन भएका विद्यालयहरु पनि बन्द गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत खरेलले जानकारी दिए ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार २१:१६