भोलि बिहान ५ बजेदेखि लागू हुनेगरि कर्फ्यु नै लगाउने (सूचनासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

भोलि बिहान ५ बजेदेखि लागू हुनेगरि कर्फ्यु नै लगाउने (सूचनासहित)



असोज ९ गते रातीदेखि १४ गते रातीसम्म बर्दियाको बारबर्दिया नगरपालिकाले लकडाउनको घोषणा गरेको छ। कोरोना संक्रमणको दर बढ्दै गएपछि नगरपालिकाले लकडाउनको घोषणा गरेको हो ।

बारबर्दिया नगरपालिकाको कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधीभर सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र यातायात लगायतका क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसलहरु, दुध, हरीयो तरकारी, पानी, फलफुल र ग्याँस लगायतका पसलहरु हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार २१:२५