बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?



आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।

साताको पहिलो दिन स्थिर र दोश्रो दिन सोमबार प्रतितोला ४ सय रुपियाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रुपियाँ बढेको थियो भने बुधबार स्थिर रहेको थियो । हिजो भने सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपियाँ निर्धारण गरिएको छ ।

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज फेरि सुनचाँदीको मूल्य उकालो ओरालो लागेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार ११:०२