२ करोड ७० लाख बराबरको आइपिओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२ करोड ७० लाख बराबरको आइपिओ आउदै



काठमाडाै । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड सर्वसाधारणको लागि प्राथामिक शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । संस्थाले २ करोड ७० लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको हो ।


संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता आइपिओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।


सो शेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : २८ भाद्र २०७७, आईतवार १६:२९