एक साता सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

एक साता सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द



सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ ।

अध्यक्ष केसीसँगै उनका गाडी चालकलाई पनि कोरोना संक्रमण देखिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश कुमार चन्दले जानकारी दिनभुयो । बुधबार आएको पिसिआर रिपोर्ट अनुसार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना समुदायमा फैलन नदिन गाउँपालिकाभित्रका सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, पसललगायत बन्द गरिएको चन्दले जानकारी दिनुभयो

प्रकाशित : २५ भाद्र २०७७, बिहीबार २१:५२