काठमाडौं । सरकारले जमिनको कित्ताकाट खुला गरेकोमा सत्तारुढ नेकपा सम्बद्ध भातृसंठनले नै असन्तुष्टि जनाएका छन् ।
अखिल नेपाल किसान महासंघले आपत्ति जनाएको छ । कित्ताकाट फुकुवाको निर्णयबाट आफूहरुलाई दुःखी र आक्रोशित बनाएको भन्दै महासंघले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।
सरकारको निर्णयले माफिया र दलालहरुलाई पोस्ने र देशलाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने महासंघको दाबी छ ।
‘कृषि भूमिको कित्ताकाट फुकुवा गराउने निर्णयले नेपालको कृषि भूमिलाई खण्डीकरण गर्ने, गैर कृषि क्षेत्रमा उपयोग हुने अवस्था सिर्जना गर्ने, कृषि भूमिलाई व्यापारको वस्तु बनाउने, गरिब किसानहरुलाई आफ्नो जमिन बलजफ्ती सस्तोमा बेच्न बाध्य बनाई भूमाफिया तथा दलालहरुलाई पोस्ने र नेपाललाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने काम भएको छ’ -किसान महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
Comment