बैंकको ब्याजदर पूर्णरुपमा छुट दिन व्यवसायीको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बैंकको ब्याजदर पूर्णरुपमा छुट दिन व्यवसायीको माग



काठमाडाै । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन तथा निषेधाज्ञा अवधिभरको बैंक तथा वित्तीय संस्थाको ब्याज पूर्णरुपमा छुट दिन माग गरेको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले गरेको उक्त लकडाउन र निषेधाज्ञाले उद्योगहरुले श्रमिकलाई तलब दिन समेत नसक्ने अवस्थामा पुगेको भन्दै महासंघले यस्तो छुट दिन माग गरेको हो ।

सरकारले गत चैत ११ गतेदेखि गरेको ४ महिने लकडाउन र भदौ ३ देखि गरेको निषेधाज्ञाले उद्योग व्यवसायहरु पूर्णरुपमा ठप्प भएकाले सो अवधीभरको व्याज मिनाहा माग गरेको हो ।

यस्तै महासंघले उक्त अवधिभरको व्यवसायिक घरभाडा मिनाहा गर्न, उद्योग व्यवसाय बचाउनका लागि बिना धितो ५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउन र एक बर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु ल्याउन पहल गर्न माग गारेको छ ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार २१:२०