जिल्ला सदरमुकाम खलंगामा लगाइएको दुई सातादेखिको निषेधाज्ञा हटाइने भएको छ । सोमबार बिहान ४ बजेदेखि लागू हुनेगरी मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका ९ र १० नम्बर वडामा लगाइएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी दिएको हो ।
दुई पटक गरी जिल्लामा निषेधाज्ञा लगाइएको थियो । पहिलो पटक भदौ ७ देखि १४ गते रातिसम्म निषेधाज्ञा लगाइएको थियो । दोस्रो पटक पुनः भदौ १५ गतेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो ।
Comment