काठमाडाै । नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सरकारसँग पुनः माग गरेको छ ।
काँग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक प्रेस नोट जारी गरी कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक–सामाजिक सङ्कट कम गर्न सो कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो । काँग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतले विज्ञप्तिमार्फत सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको उल्लेख गर्दै यस्तो संवेदनहीनता र निष्क्रियताको निन्दा गरेका छन् ।
Comment