काठमाडाै । आन्तरिक राजस्व विभागले फेरि कर तिर्न ताकेता गरेको छ । राजस्व असुलीमा दबाब बढ्दै गएपछि आन्तरिक राजस्व विभागले एक सूचना सार्वजनिक गरेर अन्तःशुल्कको विवरण यथाशक्य छिटो बुझाउन आग्रह गरेको हो ।
यसअघि सर्वोच्च अदालतले लकडाउन खुलेको १ महिनासम्म कर तिरे हुने सूचना सार्वजनिक गरेको थियो । सर्वोच्चले दिएको आदेश बमोजिम कर विवरण बुझाउन भन्दै सूचना सार्वजनिक गरिएको विभागले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार गत साउन ७ गते खोलिएको लकडाउनपछिको एक महिना भदौ ७ गते पूरा हुने आंकलन विभागले गरेको छ । विभागका अनुसार करदाताले सुर्ती र मदिराजन्य वस्तुका उत्पादकले अनलाइनमार्फत नै कर विवरण र ब्राण्ड भेरिफाइड गर्न सक्नेछन् ।
यसका लागि विभागले आफ्नो वेवसाइटमार्फत सबै व्यवस्था गरेको पनि जानकारी गराएको छ । सुर्ती र मदिराजन्य बाहेक अन्य वस्तुको उत्पादकले अन्तःशुल्क विवरण भर्दाकै अवस्थामा तयारी वस्तुको विवरणसँगै एक पटकको लागि सम्बन्धित करदाता सेवा कार्यालयबाट ब्राण्ड भेरिफाइ गर्न सकिने समेत सूचनामा उल्लेख छ ।
Comment