पेट्रोलको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पेट्रोलको मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यको मूल्य बढाएको छ । निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरि पेट्रोल २ रूपैयाँले मूल्य बढाएको छ । निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको छ ।

१ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।

तर, अहिले भने निषेधाज्ञा भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ ।

प्रकाशित : १६ भाद्र २०७७, मंगलवार २१:१४