दुग्ध बिकास संस्थानमा नीतिगत अनियमितता भएको आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

दुग्ध बिकास संस्थानमा नीतिगत अनियमितता भएको आरोप



काठमाडौं । दुग्ध बिकास संस्थान लैनचौरले गतबर्ष कार्तिकमा प्रकाशन गरेको पदपूर्ति बिज्ञापनमा नीतिगत अनियमिता भएको देखिएको छ ।

संस्थाको बिनियमावली २०६३ को ८ औं संसोधन २०७६ को बिनियम ३३ / ३४ अनुसार ३० दिन भित्र संम्भाब्य उमेदवारले मात्र आवेदन दिने ब्यवस्था छ ।

बिनियमलाई लत्याउँदै संस्थानको प्रशासनले बिनियम बिपरित योग्यता नपुगेको उमेदवारलाई समेत सामेल गराएर अपब्याख्या गरेको दुग्ध बिकास संस्थानका,आधिकारीक यूनियन अध्यक्ष सहदेव अर्यालले जनाएका छन् ।

संस्थानको बिनियमावली भन्दा माथिल्लो लोकसेवा अयोगको सामान्य सिद्दान्त २०७४ को दफा १५(१) (२) र (५) को पनि बिपरित हुने गरी ब्याख्या गरेको पाईएको छ ।

तर अयोग्य व्यक्तीलाई नै बढुवा गर्न उधृत भएको र संचालक समितिमा पनि बिबाद रहेको डिडिसि स्रोतले बताएको छ ।

दुग्ध बिकास संस्थानका अधिकारीक यूनियनले व्यवस्थापन संस्थानको बिनियमावली अनुसार चल्न एक विज्ञप्ति जारी गर्दै बिरोध जनाएको छ ।

विधि र प्रक्रिया मिचेर आर्थिक चलखेल गरी बढुवामा सिफारिस भएको डिडीसी कै कर्मचारीले बताएका छन् । यस सम्बन्धमा संस्थानमा जिएम रुद्र प्रसाद पौडेले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । जसका कारण संस्थानका कर्मचारीहरुमा असन्तुष्टी बढेर गएको छ ।

बर्षौं काम गरेका, योग्यता र क्षमता पुगेका र स्वत बढुवा हुनुपर्ने मापदण्ड पुगेका अन्य इमान्दार कर्मचारीहरुमा निराशा छाएको छ ।

प्रकाशित : १४ भाद्र २०७७, आईतवार २१:४४