समाज लघुवित्तको आइपिओ आज बाँडफाँड हुने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समाज लघुवित्तको आइपिओ आज बाँडफाँड हुने पक्का



काठमाडाै । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपिओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार दिउँसो २ बजे शेयर बाँडफांड गरिने जनाएको हो ।

शेयर बाँडफाँड कार्यालय मै गरिने र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने क्यापिटलले जनाएको छ । आईपिओको प्रि अलोटमेन्ट शुक्रबार नै भईसकेको छ ।

समाज लघुवित्तले भदौ ४ देखि ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार ०८:०२