सुनको भाउ ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको भाउ ओरालो लाग्यो



काठमाडाै । नेपाली बजारमा सुनको भाउ निरन्तर घट्न थालेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९७ हजार ९ सयमा कोरोबार भएको प्रतितोला सुनको मूल्य आज ९७ हजार २ सयमा झरेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम गरिएको हो । मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँमा कायम गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएसँगै नेपाली बजारमा पनि घटेको छ ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलवार ११:४६