६ करोड २५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा बीमा कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

६ करोड २५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा बीमा कम्पनी



काठमाडौं । ११ ओटा नयाँ इन्स्योरेन्स कम्पनीले ६ करोड २५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।

नौ ओटा जीवन बीमा र दुई ओटा निर्जीवन बीमा कम्पनीले उक्त आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन् । ११ ओटा कम्पनीमध्ये जनरल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लाग नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएका छन् ।

जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि सेबोनमा गत असार ५ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्नको लागि असार १४ निवेदन दिएको थियो । कम्पनीले ३० लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल लिमिटेड रहेको छ ।

१३ ओटा नयाँ इन्स्योरेन्स कम्पनीमध्ये अजोड इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् । अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबार शुरु भइसकेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म आईपीओ निष्कासन गरेको हो ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउनुपर्ने भएकाले ती कम्पनीहरुले पूँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् ।

११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले रू. ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।

हालसम्ममा आईपीओ निष्कासन गर्नको लागि चार ओटा कम्पनीले रेटिङ गराएका छन् । आइएमई लाइफ इन्स्यारेन्स, युनियन लाइफ, प्रभु लाइफ र सन नेपाल लाइफले रेटिङ गराएका हुन् । यी छ ओटा कम्पनीले निष्कासन गर्ने आईपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । अभियान दैनिकबाट

प्रकाशित : ९ भाद्र २०७७, मंगलवार ११:४१