आयल निगमको अमलेखगञ्ज डिपो सिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयल निगमको अमलेखगञ्ज डिपो सिल



काठमाडाै । नेपाल आयल निगमको अमलेखगञ्ज डिपो सिल भएको छ। कर्मचारीमा कोरोनाका संक्रमण पुष्टि भएपछि डिपो सिल गरिएको गरेको हो ।

अमलेखगञ्जमा काम गर्ने ६ जना र विरगन्ज कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएको निगमले जनाएको छ ।

संक्रमणपछि अमलेखगञ्ज र विरगन्ज कार्यालय तीन दिनका लागि सिल गरिएको र संक्रमितको सम्पर्कमा रहेका दुवै कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी गरिएको निगमको भनाइ छ।

इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका लागि काठमाडौंबाट १० जनाको टोली पठाउन लागिएको पनि निगमले जनाएको छ।

अमलेखगञ्ज सहित देशभरका डिपोमा पर्याप्त इन्धन मौज्दात रहेकाले अभाव नहुने निगमको दाबी छ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलवार १०:४३