मिर्मिरे लघुवित्त र नागबेलीको एकीकृत कारोबार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

मिर्मिरे लघुवित्त र नागबेलीको एकीकृत कारोबार शुरु



बनेपा । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तिय संस्थाको मिर्मिरेकै नामबाट एकीकृत कारोवार शुरु भएको छ । आइतबार बनेपामा एकीकृत कारोवारको शुभारम्भ गर्दै मिर्मिरे लघुवित्त वित्तिय संस्थाका अध्यक्ष टेकबहादुर बोहराले कोरोना भाइरसको विश्वव्यापी महामारीकाबीचमा पनि एकीकृत कारोवार गर्ने सफलता प्राप्त गरेकामा खुसी व्यक्त गरे ।

एकिकृत कारोबार शुभारम्भ कार्यक्रम स्वास्थ्यसम्वन्धि सबै सरोकारवाला निकायको प्रोटोकल र नेपाल राष्ट्र बैंकले जारी गरेको सुरक्षा निर्देशनको पालना गर्दै सिमित व्यक्तिहरूको उपस्थिति तथा डिजिटल उपायको अवलम्वन गरी गरिएको थियो । कार्यक्रममा साविकको नागबेली लघुवित्तका सञ्चालक समिति अध्यक्ष दीपकुमार श्रेष्ठले गाभ्ने/गाभिने प्रकृया सम्पन्न भएकामा खुसी व्यक्त गर्दै अब कर्मचारी व्यवस्थापनमा ध्यान दिन व्यवस्थापनलाई सुझाव दिएका थिए ।

सो कार्यक्रममा एकीकृत कारोवारपछिको संस्थालाई आइपर्ने वित्तिय चुनौतीका वारे मिर्मिरेका साविकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले प्रष्ट्याएका थिए । कार्यक्रममा सन्तोष फुयाल, संजयकुमार श्रेष्ठलेसमेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि नेपाल राष्ट्र बैंकले गत साउन २५ गते यस संस्थालाई एकीकृत कारोवार गर्न स्वीकृती दिएको थियो भने एकीकृत कारोवार सञ्चालन गर्ने सार्वजनिक सूचना भदौ ४ गतेको कारोवार दैनिकमा प्रकाशन गरिएको थियो । एकिकृत कारोबारपश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय बनेपा र प्रमुख कार्यकारी अधिकृतमा कुमार याक्सो रहेका छन् ।

यसअघि स्वेडा लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोवार सञ्चालन गरिसकेको मिर्मिरेले नागवेलीलाई प्राप्ति गरेपश्चात समायोजित चुक्ता पूँजी.३९ करोड ९८ लाख ७२ हजार ६४१.५० भएको छ भने शाखा संख्या जम्मा १११ भएको छ ।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार १४:२७