आइतबार यी स्थानमा विद्युत् कटौती हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

आइतबार यी स्थानमा विद्युत् कटौती हुने



काठमाडौँ । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्ने जनाएको छ। प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।

फिडर तान्ने काम समयमै भएमा छिटै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार ०८:०९