दर भोज आयोजकलाई नै कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दर भोज आयोजकलाई नै कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौंको पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ मा तीजको दर भोज आयोजना गरेकै घरको महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाको ३ वटै जिल्ला प्रशासनले कोरोना संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाएको छ । प्रशासनले जिल्लावासी सबैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आव्हान गरिरहेको छ । कोरोना संक्रमणप्रति सतर्कता अपनाउन भोज भतेर लगयत सामूहिक जमघट समेत निषेध गरिएको छ । स्रोतका अनुसार संक्रमित ती महिलाले भने आफूमा कोरोना पुष्टि हुनअघि घरमै तीजको दर भोज आयोजना गरेकी थिइन् ।

झापा स्थायी ठेगाना भएकी ती महिलाको घरमा निषेधाज्ञा विपरीत आयोजना गरिएको दरभोजमा टोलवासी सबै महिलालाई निम्त्याइएको थियो । भोजमा ५० भन्दा बढी महिला तथा आफन्तजन सहभागी भएका थिए । विभिन्न समूह तथा सामाजिक कार्यमा सक्रिय हुँदै आएकी ती महिलाले केहीदिन अघि पीसीआर गरेकी थिइन् ।

घरमा आयोजना गरेको केही घण्टापछि उनको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । दर भोज आयोजकलाई नै कोरोना संक्रमण पुष्टि भएपछि त्यसमा सहभागी हुने टोलका सबै स्तब्ध भएका छन् । संक्रमित महिलालाई घरमा छुट्टै राखिएको छ । संक्रमितले आयोजना गरेको दरभोजमा छरछिमेका सबै सहभागी भएका कारण सयपत्री टोललाई सिल गर्ने तयारी भइररहेको छ ।जनतासमाचारडटकमबाट साभार

प्रकाशित : ६ भाद्र २०७७, शनिबार ०८:०१